×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिजिट भिषामा रसिया पठाईदिने भन्दै ३ लाख ४६ हजार ठग्ने महिला पक्राउ

PRIME CA
GLOBAL IME BANK

भिजिट भिषामा रसिया पठाईदिने भन्दै ३ लाख ४६ हजार ठग्ने महिला पक्राउ

२३ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भिजिट भिषामा सेटिङ मिलाई रसिया पठाईदिने भन्दै रकम ठगी गर्ने एकजना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा लमजुङ जिल्ला दुधपोखरी गाउँपालिका वडा नं. ०१ घर भई हाल टोखा नगरपालिका वडा नं. ११ बाँनियाटार बस्ने ३० वर्षीय बिनिता गुरुङ रहेकी छिन् ।

उनले एसएलसी फेल भएका भिम बहादुर बुढालाई वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै तीन लाख ४६ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । रसिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्छ र रसिया पुगेपछि रसिया सैनिकमा काम लगाईदिन्छु मासिक तीन लाख तलब हुन्छ भन्दै प्रलोभनमा पारेर गुरुङले रकम ठगी गरेकी थिइन् ।

गुरुङले भिजिट भिषामा चाहिने सर्टिफिकेट र डकुमेन्टहरु नक्कली बनाएर त्रिभुवन विमानस्थलमा सेटिङ मिलाई भिम बहादुर बुढालाई रसिया पठाएकी थिइन् । तर रसिया पुगे पश्चात् बुढालाई एयरपोर्टबाटै नक्कली कागजात भएको भनी फिर्ता पठाइएको थियो ।

बुढाले दिएको निवेदनका आधारमा खोजतलास गर्ने क्रममा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बानियाँटारबाट पक्राउ गरेको हो ।  पक्राउ परेकी गुरुङलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: