Skip to content
LAXMI SUNRISE BANK

बालुवाटारबाट १३ जना मिटरब्याज पीडित पक्राउ

अर्थ सरोकार

काठमाडौँ । बालुवाटारबाट १३ जना मिटरब्याज पीडित पक्राउ परेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासको ३ नम्बर गेट अगाडी झण्डासहित न्याय माग्दै नाराबादी गर्ने १३ जना मिटरब्याज पीडित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मिटरब्याज तथा ठगी किसान मदजुर संघर्ष समितिका अध्यक्षसमेत रहेका अवधेश कशवाहसहित १३ जना मिटरब्याज पीडित रहेका छन् ।

जसमध्ये ९ जना पुरुष र ४ जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । हाल पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK