×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीका लागि रोमानिया पठाईदिन्छु भन्दै एक लाख ठग्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैदेशिक रोजगारीका लागि रोमानिया पठाईदिन्छु भन्दै एक लाख ठग्ने व्यक्ति पक्राउ

Artha Sarokar

२४ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि रोमानिया पठाईदिन्छु भन्दै एक लाख ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. १० मनमैजु बस्ने ५६ वर्षीय शेषकान्त शर्मा रहेका छन् ।

उनले तुल बहादुर बलाललाई रोमानिया पठाईदिन्छु, मासिक ९० हजार तलब हुन्छ भन्दै प्रलोभनमा पारेर रकम ठगी गरेका थिए । शर्माले रोमानिया जान प्रतिव्यक्ति सात लाख लाग्ने बताएका थिए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले फागुन २२ गते मिनभवनबाट पक्राउ गरेको हो । पक्राउ परेका शर्मालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी