Skip to content
LAXMI SUNRISE BANK

चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा अधिकृत रामचन्द्र अर्याल पक्राउ

अर्थ सरोकार

काठमाडौं । चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा अधिकृत पक्राउ परेका छन् । हेटौँडा-१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा कार्यरत छैटौँ तहका अधिकृत रामचन्द्र अर्याल पक्राउ परेका हुन्।

उनले काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करी प्रकरणमा संलग्न तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता बनाईदिएको प्रहरीले जनाएको छ । दावालाई निमा तामाङका नाममा र वाङलाई पासाङ तामाङका नाममा नागरिकता दिएको अनुसन्धानबाट खुलेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुरोधमा अर्याललाई बुधबार प्रदेशसभा सचिवालयबाटै पक्राउ गरी काभ्रे जिल्ला ल्याइएको छ । हाल उक्त घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK