×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युके पठाईदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

युके पठाईदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

Artha Sarokar

२५ फाल्गुन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युके पठाईदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा मोरङ जिल्ला उर्लाबारी नगरपालिका वडा नं. ०९ घर भई हाल ललितपुर महानगरपालिका वडा नं. २५ भैसेपाटी बस्ने ३४ वर्षीय लक्ष्मी लिम्बु रहेकी छिन्।

उनले रविन सैजु सहित ४ जनालाई वैदेशिक रोजगारीको लागि युके पठाईदिने र युके पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिन्छु, मासिक चार लाख २० हजार रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारेर २९ लाख ८८ हजार ठगी गरेकी हुन् । उनले युके जान प्रतिव्यक्ति २३ लाख लाग्ने बताएकी थिइन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले फागुन २३ गते भैसेपाटीबाट पक्राउ गरेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी