काठमाडौं । वैदेशिक रोजगारका लागि विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरु पक्राउ परेका छन् । बेरोजगार युवा युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने पाँच जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा ३५ वर्षीय युवराज सापकोटा, १९ वर्षीय श्रृति शाही, ३५ वर्षीय मन्दिरा बोम्जन गुरुङ, २६ वर्षीय अस्मिता बम र ३० वर्षीय अनिता कुमारी यादव पक्राउ परेका हुन् ।
उनीहरुले पीडितबाट रकम ठगी गरेर फरार भएका थिए । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्