×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पशुपतिनाथ क्षेत्रमा ५ दिनसम्म मासु र मदिरा बेच्न प्रतिबन्ध !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पशुपतिनाथ क्षेत्रमा ५ दिनसम्म मासु र मदिरा बेच्न प्रतिबन्ध !

Artha Sarokar

२२ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पशुपतिनाथ मन्दिर क्षेत्रमा पाँच दिनसम्म मासु, मदिरा र नशालु पदार्थमाथि प्रतिबन्ध लगाईएको छ । फागुन २५ गते (शुक्रबार) परेको महाशिवरात्री पर्वलाई लक्षित गर्दै स्थानीय प्रशासनले पशुपतिनाथ मन्दिर क्षेत्रमा ५ दिनसम्म मासु, मदिरा र नशालुजन्य पदार्थ किन्न, बेच्न तथा सेवन गर्न प्रतिबन्ध लगाएको हो ।

मासु, मदिरा र नशालु पदार्थमाथिको प्रतिबन्धका लागि जिल्ला प्रशासन कार्यालयले पशुपतिनाथ मन्दिर क्षेत्रभित्र चार किल्ला तोकेको छ ।

जसअन्तर्गत गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै गुहेश्वरीदेखि दक्षिणभित्रका सबै क्षेत्रमा मासु, मदिरा तथा नशालु पर्दाहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवा गर्न प्रतिबन्ध लगाईएको जिल्ला प्रशासन कार्यालय, काठमाडौँले जनाएको छ ।

त्यस्तै, प्रशासनले प्रतिबन्धका बाबजुत पनि कसैले मदिरा, मासु तथा नशालु पदार्थको बिक्री तथा सेवा गरेको पाइए प्रचलित कानून अनुसार कार्वाही गर्ने चेतावनी दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी