Skip to content
LAXMI SUNRISE BANK

२४सै घण्टा खुल्न थाले प्रहरीका पेट्रोल पम्प

अर्थ सरोकार

काठमाडौँ । नेपाल प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्पहरु २४सै घण्टा खुल्न थालेका छन् ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि चैत ७ गते (बुधबार) देखि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्पहरु २४सै घण्टा खुला हुन थालेका हुन् ।

गृहमन्त्रीको निर्देशनपछि तत्कालका लागि नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालित पेट्रोल पम्पहरु २४सै घण्टा खुला गरिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK