×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि लामिछानेलाई प्रधानमन्त्री बन्न देउवाको अफर !

अर्थ सरोकार

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार

PRIME CA

रवि लामिछानेलाई प्रधानमन्त्री बन्न देउवाको अफर !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न नेपाली काँग्रेसले अफर गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काँग्रेससँगको पूरानो गठबन्धन भत्काएर एमालेसँगको नयाँ समिकरण बनाएपछि पार्टी सभापति शेर बहादुर देउवाले संसदको चौथो ठूलो दल रास्वपालाई प्रधानमन्त्रीको अफर गरेका हुन् ।

रास्वपाका एक नेताका अनुसार काँग्रेसको उक्त अफर रास्वपाले भने अस्विकार गरेको छ । ती नेताका अनुसार नयाँ सत्ता समिकरणमा चार दलबीच आठ बुँदे लिखित सममति भइसकेकाले काँग्रेसबाट आएको प्रधानमन्त्रीको अफर अस्विकार गरिएको हो ।

यता काँग्रेसका केही नेताहरुले भने रास्वपालाई काँग्रेसले प्रधानमन्त्री अफर गरेको कुरा गलत भएको बताएका छन् । पार्टीका महामन्त्रीसमेत रहेका विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत कसैलाई पनि काँग्रेसले प्रधानमन्त्री अफर नगरेको बताएका छन् । उनले नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भुमिका बस्ने तयारीमा रहेको पनि स्पष्ट पारेका छन् ।

तर, काँग्रेसकै केही नेताहरुले भने प्रचण्डले राजनीतिक बेइमानी गरेपछि रास्वपालाई प्रधानमन्त्री अफर गरिएको स्वीकारेका छन् । उनीहरुले राजनीतिमा जे पनि हुनसक्ने भन्दै रास्वपालाई प्रधानमन्त्री अफर गरिएको विषय पनि खासै नौलो नभएको र यसलाई सामान्य रुपमै लिइएको प्रतिक्रिया दिएका छन् ।

हाल नेपाली काँग्रेस सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ । यता सत्तामा बनेको मओवादी, एमाले, रास्वपासहितको नयाँ समिकरणबाट ३ जना मन्त्रीहरुले बिना विभागीय मन्त्रीका रुपमा शपथ पनि लिइसकेका छन् । मन्त्रालयको भागबण्डबारे दलहरुबीच छलफल चलिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: