Skip to content
LAXMI SUNRISE BANK

पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा

अर्थ सरोकार

काठमाडौँ । कास्की जिल्लाको पोखरा शहरलाई पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा गरिएको छ । आइतबार पोखराको फेवाताल छेउको बाराहीघाटमा आयोजित पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् ।

पोखरलाई पर्यटन राजधानी घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले पोखरा प्राकृतिक, साँस्कृतिक, साहसिक क्षेत्रको अद्वितीय संगम रहेको पनि उल्लेख गरेका छन् ।

नेपालकै पर्यटकीय राजधानी घोषणा भएसँगै गण्डकी प्रदेश सरकार, स्थानीय तहको नीतिहरु पर्यटन क्षेत्रको विकासमा हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK