×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चरा धेरै उडेका कारण पोखरा अन्तराष्ट्रिय विमानस्थलका अधिकांश उडान स्थगित !

PRIME CA

चरा धेरै उडेका कारण पोखरा अन्तराष्ट्रिय विमानस्थलका अधिकांश उडान स्थगित !

११ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

पोखरा । पोखरामा चरा धेरै उडेको भन्दै पोखरा अन्तराष्ट्रिय विमानस्थलका अधिकांश उडान स्थगित भएको छ । विमानस्थल वरपर धेरै चरा उधेको भन्दै उडान रद्ध भएको हो ।

श्री एयरलाइन्सका कर्मचारीले चरा धेरै उडेको कारण अधिकांश उडान स्थगित भएको र केहि उडान ढिलो भएको पुष्टी गरेका छन् । ‘केहि उडानहरु स्थगित भएका छन् । हाम्रोचाहिं अधिकांश डिले भएको छ । ‘श्री एयरलाइन्सका कर्मचारीले भने, ‘चराहरुले आज धेरै नै डिस्टर्ब गरेका छन् ।’

चरा बढी उडेकाले उडान ढिलो भएको विषय कतिपयका लागि नौलो बन्ने गरेको छ ।

यसै पनि अन्तराष्ट्रिय उडान भर्न नसकेको यस विमानस्थल राष्ट्रिय उडानका लागि पनि कति उपयुक्त भन्ने प्रश्न उठेको छ ।

चराका कारण उडान अवरुद्ध भएपछि यात्रीहरु अलपत्र परेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: