×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डको नयाँ प्रस्तावः ‘अर्थमन्त्री रास्वपालाई दिउँँ, गृहमा नारायणकाजी नै राखौँ’

PRIME CA

प्रचण्डको नयाँ प्रस्तावः ‘अर्थमन्त्री रास्वपालाई दिउँँ, गृहमा नारायणकाजी नै राखौँ’

२१ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्थ मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दिने प्रस्ताव अघि सारेका छन् । पूरानो गठबन्धन भत्किएसँगै नयाँ मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका प्रचण्डले यस्तो प्रस्ताव ल्याएका हुन् ।

यसअघिसम्म प्रधानमन्त्री प्रचण्ड कुनै पनि हालतमा अर्थ आफ्नो भागमा राख्ने अडानमा थिए भने रास्वपाले गृहमा आफ्नो दाबी नछोड्ने निर्णय गरेको थियो ।

तर, प्रधानमन्त्रीले गृहमा नारायणकाजी श्रेष्ठलाई नै निरन्तरता दिने, बरु अर्थ मन्त्रालय रास्वपालाई दिने प्रस्ताव अघि सारेको प्रधानमन्त्री स्रोतले बताएका छ । यद्यपि रास्वपाले भने आफ्नो दाबी गृहमै गर्ने निर्णय सचिवालय बैठकबाटै गरिसकेको छ । उक्त विषयमा दुई पार्टीबीच आन्तरिक छलफल चलिरहेको बुझिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: