×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सफल नहुने सयौँ आयोजना खारेज गर्ने प्रचण्डको घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सफल नहुने सयौँ आयोजना खारेज गर्ने प्रचण्डको घोषणा

Artha Sarokar

१५ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सफल हुन नसक्ने सयौँ आयोजना खारेज गर्ने घोषणा गरेका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सफल हुन नसक्ने आयोजनाहरु खारेज गर्ने घोषणा गरेका हुन् ।

उनले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा परम्परागत शैलीलाई तोड्दै सफल नहुने खालका सयौँ आयोजनाहरु खारेज गर्ने बताएका हुन् ।

त्यस्ता आयोजनाहरुमा विगतमाजस्तो १० लाख, २० लाख छुट्याउने काम बन्द गर्ने पनि बताएका छन् । उनले जनतामा आशा र परिणाम दिन पनि बजेट निर्माणको परम्परागत शैली बदल्ने उल्लेख गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी