Skip to content
LAXMI SUNRISE BANK

‘हामी आफैँ राजिनामा दिदैनौँ’ : अर्थमन्त्री महत

अर्थ सरोकार

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले राजिनामा नदिने बताएका छन् । बुढानिलकण्ठमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूखुसी गठबन्धन भत्काएकोले राजिनामा दिन आवश्यक नभएको उनको तर्क छ ।

अर्थमन्त्री डा.महतले आफूमात्रै नभएर काँग्रेसका कुनै पनि मन्त्रिले आफैँ राजिनामा नदिनेसमेत बताएका छन् । यता प्रधानमन्त्री प्रचण्ड भने काँग्रेसका मन्त्रिहरुले राजिनामा नदिए बर्खास्त गर्ने तयारीमा रहेको बुझिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK