×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चार मन्त्रालयमा रास्वपाको दाबी, गृह मरिगए नछोड्ने !

अर्थ सरोकार

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार

PRIME CA

चार मन्त्रालयमा रास्वपाको दाबी, गृह मरिगए नछोड्ने !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चार मन्त्रालयमा दाबी गरेको छ । सोमबार नेपाली काँग्रेससँगको पूरानो गठबन्धन भत्किएपनि सत्ताको नयाँ समिकरणमा जोडिएको रास्वपाले गृहसहित चार मन्त्रालयमा दाबी गरेको हो ।

जसमध्ये गृहमन्त्रालय आफूहरुको बटमलाईन भएको रास्वपाका एक नेताले बताएका छन् । ती नेताका अनुसार हाल रास्वपाले गृहसहित न्यूनतम ४ मन्त्रालयमा आफ्नो दाबी गरेको छ ।

रास्वपाले पार्टी सभापति रवि लामिछानेले नै नेतृत्व गर्नेगरी गृहको दाबी गरेको हो । गृहमा अरु दलले दाबी गरे पनि आफूहरु गृहको दाबीबाट ब्याक नहुने ती नेताको भनाई छ । हाल रास्वपाबाट डिपी अर्याल मन्त्री बनिसकेका छन् । उनले सोमबार नै बिना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण पनि गरिसकेका छन् ।

मन्त्रालय भागबण्डका बारेमा मंगलबार दिउँसो सत्ता साझेदार दलहरुको बैठक बस्दैछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: