×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रास्वपाले भन्यो- ‘नेता तथा मन्त्रिसँगको फोटो देखाएर नजिक छु भने नपत्याउनु, बरु उजरी गर्नु’

PRIME CA
GLOBAL IME BANK

रास्वपाले भन्यो- ‘नेता तथा मन्त्रिसँगको फोटो देखाएर नजिक छु भने नपत्याउनु, बरु उजरी गर्नु’

२४ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा मन्त्रीहरुसँग खिचाएको फोटो देखाएर अनुचित लाभ लिनेहरुबाट सचेत रहन आग्रह गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले मन्त्री, नेतासँग फोटो खिच्ने र ती फोटो सामाजक सञ्जालमा राखेर आम जनतामा अनावश्यक रवाफ प्रस्तुत गर्ने तथा भ्रम सिर्जना गर्नेहरुप्रति सचेत रहन आग्रह गरेको हो ।

नेता र मन्त्रीहरुसँगको फोटो देखाएर नजिक छु भन्दै अनुचित लाभ लिने अभ्यास दम्भको प्रदर्शनबाहेक पार्टी, समाज र देशलाई कुनै पनि फल नदिने रास्वपाको भनाई छ ।

त्यस्ता भ्रमको पछि नलाग्न आग्रह गर्दै रास्वपाले कसैले गरे त्यसबारे उजुरी गर्न आग्रह गरेको छ । ‘कुनै पार्टी सदस्य वा व्यक्तिले मन्त्रीको नजीक छु भनी कुनै आश्वासनका कुरा गर्दछ भने त्यस्ता व्यक्तिसँग सचेत रही भ्रममा नपर्न अनुरोध गर्दछौं । मन्त्रीसँग नजिक छु, फोटो खिचेको छु भनेर अनुचित लाभ उठाउन सक्नेप्रति हामी सचेत छौं, जनता पनि यसमा सचेत हुन आवश्यक छ । यदि कसैले त्यसो गरेको पाइएमा तुरुन्त पार्टीमा उजुरी गर्नुहोला ।’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, पार्टीले भनसुर र चाकडीबाजीलाई प्रश्रय नदिने र आफ्नो कर्तव्यमा समर्पित रहने पनि विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्ति:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: