काठमाडौं । रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्धित रिलायबल प्राइभेट इक्वीटी फण्ड र अकामा होटलबीच लगानी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा फण्डको तर्फबाट कोष व्यवस्थापकका प्रमुख कार्यकारी अधिकृत सुदय कान्त झा र अकामा होटलको तर्फबाट होटलका अध्यक्ष विनय कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
लगानी सम्झौता अनुसार, रिलायबल प्राइभेट इक्वीटी फण्डले अकामा होटलमा बाइस करोड पचास लाख रुपैयाँ लगानी गरी प्राथमिक सार्वजनिक निष्कासन पश्चात् कायम रहने सेयर पूँजीको १० प्रतिशत रकम बराबरको सेयर खरिद गर्नेछ ।
रिलायबल प्राइभेट इक्वीटी फण्ड, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत नेपाल धितोपत्र बोर्डमा दर्ता भई संस्थापन तथा सञ्चालन भएको कोष हो जसको व्यवस्थापन रिलायबल भेन्चर क्यापिटल लिमिटेडले गरको छ । यस कोषको मुख्य उद्देश्य सूचिकृत नभएका संस्थाहरुमा लगानी गरी सो संस्थाहरुलाई एक वैकल्पिक वित्तीय श्रोत उपलब्ध गराउनु रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्