×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क घटाउन माग, अर्थमन्त्री सकारात्मक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क घटाउन माग, अर्थमन्त्री सकारात्मक

Artha Sarokar

८ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विप्रेषण आप्रवाह (रेमिट्यान्स) पठाउँदा लाग्ने शुल्क घटाउन माग गरेको छ । अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्दै एनआरएनएको आरके समूहका अध्यक्ष राजेन्द्र कुमार शर्माले रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क घटाउन माग गरेका हुन् ।

हाल मध्यपूर्वबाट नेपालमा रेमिट्यान्स पठाउँदा एक पटकमा २३ रियाल तिर्नुपर्छ । यसरी प्रत्येक महिना रेमिट्यान्स पठाउँदा वैदेशिक रोजगारीमा रहेका श्रमिक मर्कामा पर्ने भन्दै यस्तो शुल्क घटाउन माग गरिएको हो । अर्थमन्त्रीसँगको भेटवार्ताका क्रममा शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा उक्त विषयलाई प्राथामिकता दिन आग्रह गरेका छन् ।

हाल रेमिट्यान्स पठाउँदा चर्को शुल्क तिर्नुपर्ने बाध्यताकै कारण विदेशमा रहेका नेपालीहरुले हुन्डीमार्फत अवैध रुपमा पैसा पठाउने गरेकोतर्फत पनि शर्माले अर्थमन्त्रीलाई सचेत गराएका छन् ।

त्यस्तै, उनले तत्काल बैंकिङ च्यानलमार्फत रेमिट्यान्स पठाउँदा प्रोत्साहन र पुरस्कारको व्यवस्था गर्न पनि अर्थमन्त्रीसँग माग गरेका छन् । साथै श्रमिका अन्य समस्याहरुका बारेमा पनि अर्थमन्त्रीलाई जानकारी गराउँदै उनले बजेटमार्फत समस्या समाधान गर्न पनि माग गरेका छन् ।

भेटवार्तामा एनआरएनएको आरके समूहका अध्यक्ष राजेन्द्र कुमार शर्माको मागप्रति अर्थमन्त्री पुन सकारात्मक रहेको बुझिएको छ । उनले नयाँ आर्थिक वर्षको बजेटमा नेपाली श्रमिकहरुको समस्या समाधानका लागि सरकारले विशेष व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी