काठमाडौँ । विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला’ सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको जनाइएको छ । रोजगारीका लागि ४ हजार १ सय जनाले आवेदन दिएका थिए ।
आवेदकमध्ये ६१ जनाले तत्कालै रोजगारी पाएका छन् भने ३ सय जनाले अन्तरवार्ता दिएका छन् । अन्तरवार्ता दिएका आवेदकले पनि छिट्टै रोजगारी प्राप्त गर्ने महानगरले जनाएको छ । रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई जोड्ने उद्देश्यका साथ महानगरले आयोजना गरेको मेलामा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (एसिस्टेन्ट सिइओ) सम्मको माग भएको छ ।
सबैभन्दा बढी बजार व्यवस्थापक (मार्केटिङ) मा माग भएको महानगरको रोजगार शाखाका संयोजक कपिल थापाले जानकारी दिए । समापन कार्यक्रममा बोल्दै महानगरका मेयर नागेश कोइरालाले दुई दिनको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना हुनु खुसीको कुरा भएको बताएका छन् । महानगरले आगामी दिनमा पनि यस्ता मेला आयोजना गर्ने मेयर कोइरालाले प्रतिबद्धता जनाए । ‘महानगर रोजगार मेला भव्य रुपमा सम्पन्न भएको छ । यो मेलालाई सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक आभार पनि व्यक्त गर्दछु ।’, मेयर कोइरालाले भने, ‘भविष्यमा अझै भव्य मेला आयोजना गर्न हौसला प्राप्त भएको छ ।’
कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले महानगरले आयोजना गरेको रोजगार मेला अत्यन्तै उपलब्धिमूलक भएको बताइन् । उनले ४ हजारभन्दा बढीले आवेदन दिएको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको उल्लेख गरिन्न । समापन समारोहमा नेपाल तालिम तथा व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष कृष्ण साहलगायतले रोजगार मेला सफल भएको बताएका छन् । स्वीस कन्ट्रयाक (आस्मा) नेपालको सहयोगमा सञ्चालित दुई दिने मेलामा उद्योग, होटल, अस्पताल, बैंक, पर्यटन, बिमा, विद्यालय तथा निजी व्यावसायिक क्षेत्रका ३६ वटा स्टल समावेश थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्