×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सहकारीमाथि जनताको विश्वास टुट्दै गयो’- उर्मिला माझी

PRIME CA

‘सहकारीमाथि जनताको विश्वास टुट्दै गयो’- उर्मिला माझी

२ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । संसाद उर्मिला माझीले सहकारी क्षेत्र समस्याग्रस्त अवस्थामा रहेको बताएकी छिन् । शुक्रबार प्रतिनिधीसभाको बैठकमा बोल्दै उनले सहकारीको समस्या समाधान गर्ने सरकारले पहल गर्नुपर्ने बताएकी हुन् ।

उनले पछिल्ला दिन ठूला सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्रमाथि नै नागरिकको विश्वास टुट्दै गएकोले यसतर्फ तत्काल ध्यान दिन सरकारसँग माग गरेकी छिन ।

‘ठुला सहकारीहरुले आमजनताको बचत फिर्ता नगर्दा सहकारी माथिको विश्वास टुट्दै गएको छ ।’, उनले भनिन्, ‘देशभरीका सहकारी पीडितहरु न्याय माग्न काठमाडौँ आएका छन् ।  तत्काल उनीहरुको समस्या समाधान गर्नुपर्छ ।’

त्यस्तै, सहकारीको संचालन र नियमनमा सरकारले प्रभावकारी कदम चालेर बचतकर्ताको बचत फिर्ताको वातावरण बनाउन पनि सांसद माझिले सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: