Skip to content
LAXMI SUNRISE BANK

सहकारी पीडितद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा माग

अर्थ सरोकार

काठमाडौँ । सहकारी पीडितहरुले प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा माग गरेका छन् । टेकुस्थित जिल्ला प्रहरी परिषद् अगाडी प्रदर्शन गर्दै सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र गृहमन्त्री रवि लामिछानेको राजिनामा मागेका हुन् । उनीहरुले बचतकर्ताको पैसा हिनामिना गर्ने सहकारी सञ्चालकमाथि कारबाहीको मागसमेत गरेका छन् ।

प्रदर्शनमा सहभागी पीडित सोभा सिग्देलले सहमति भएको सात बुँदे अनुसार एउटा काम पनि नभएको भन्दै अन्याय परेको बताएकी छिन् । ‘हामीलाई गृह मन्त्रालयबाट गोली हान्ने आदेश आयो रे । हामीले कसको घर बिगारिदिएका छौँ, कसको सम्पत्ती लुटेका छौँ ।’, उनले भनिन्, ‘६३ दिन रोडमा भोकै बस्दा केही आदेश आएन, सहमति गराइयो तर सात बुँदेमा एउटा काम पनि भएन । यस्तो अन्याय गर्न पाइँदैन ।’

त्यस्तै, अर्का पीडित खिन्तबहादुर खड्काले नयाँ गृहमन्त्रीले आफ्नो रङ् देखाएको भन्दै अब राज्यबाट केही नभए सहकारीका सञ्चालकहरुलाई सडकमा ल्याएर बेइज्जत गर्न तयार भएको पनि बताएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK