काठमाडौँ । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका गण्डकी प्रदेशका पूर्व सहकारी रजिस्ट्रार धरौटीमा छुटेका छन् । उच्च अदालत पोखराले पूर्व सहकारी रजिस्ट्रार उदयबहादुर पराजुलीलाई २० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोपमा प्रहरीले पराजुलीलाई गत पुष ११ गते पक्राउ गरेको थियो ।
पक्राउ परेका पराजुलीलाई कास्की जिल्ला अदालतले पुष १७ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, जिल्ला अदालतको उक्त आदेशलाई उल्ट्याउँदै उच्च अदालतले पराजुलीलाई धरौटीमा छोड्न आदेश दिएको छ । उनी कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसमेत हुन् ।
सहकारीमा भएको ठगी प्रकरणमा पक्राउ परेका संस्थाका अध्यक्ष रमन पौडेल र प्रबन्ध किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्न पराजुलीलाई १ करोड ३५ लाख रुपैयाँ बुझाएको बयान दिएका थिए । त्यसपछि प्रहरीले उनलाई नगरपालिकाको कार्यालयबाटै पक्राउ गरेको थियो ।
पराजुलीसँगै उच्च अदालतले सोही प्रकरणमा पक्राउ परेका सहकारीका लेखासमित सदस्य जनकराज पौडेललाई पनि ७ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्