काठमाडौँ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) पनि सरकारमा जाने भएको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले दुई मन्त्रालय लिएर एमाले र रास्वपासहितको सरकारमा सहभागी हुने निर्णय गरेको हो । सचिवालय बैठकले संघीय मामिला तथा सामान्य प्रशासन र अर्को एक मन्त्रालय लिने निर्णय गरेको छ ।
प्रधानमन्त्रीले नेपाली काँग्रेससँगको पूरानो गठबन्धन तोडेर नयाँ समिकरण बनाएसँगै बुधबार बिहानसम्म सरकारमा जाने वा नजाने भन्ने विषयमा अनिर्णित रहेको नेकपा एस अन्ततः दुई मन्त्रालयसहित सरकारमा जाने भएको हो ।
सरकारमा जाने निर्णयसँगै हाल नेकपा एसबाट कसलाई मन्त्री बनाउने भन्नेबारे छलफल चलिरहेको छ ।