काठमाडौं । सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सानिमा क्यापिटल लिमिटेड तथा सानिमा सेक्युरिटीज लिमिटेडको संयुक्त आयोजना र नेपाल धितोपत्र बोर्डको प्रत्यक्ष सहभागितामा नेपालको पूँजीबजार सम्बन्धी वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गराउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम धापासी, काठमाडौं स्थित काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजी क्याम्पसका इन्जिनियरिङ्ग बिधामा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु बीच सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक भुवन देशारका साथै सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सानिमा सेक्युरिटीज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत संजिव पौडेललगायतका कर्मचारीहरुको प्रत्यक्ष सहभागितामा नेपालको पूँजीबजार क्षेत्रको विभिन्न आयामहरुको बारे छलफल तथा प्रस्तुति गरिएको थियो।
कार्यक्रम मार्फत युवा तथा विद्यार्थीहरुले नेपालको पूँजीबजार सम्बन्धी शिक्षा प्राप्त गरी सो ज्ञानलाई आगामी दिनहरुमा व्यवहारमा लागु गरी आफ्नो आम्दानीलाई बचत तथा लगानी गर्ने बानीको विकास हुने अपेक्षा समेत गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्