×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्टिकर टुक्रा पारेर राजस्व छली गर्ने शारडा डिस्टिलरीमा शिलबन्दी, जेल जाने डरले कम्पनीका मालिक फरार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

स्टिकर टुक्रा पारेर राजस्व छली गर्ने शारडा डिस्टिलरीमा शिलबन्दी, जेल जाने डरले कम्पनीका मालिक फरार !

Artha Sarokar

८ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । शारडा डिस्टिलरीका मालिक प्रमोद गोयन्का फरार भएका छन् । राजस्व छली प्रकरणमा जेल जाने डरले गोयन्का फरार भएका हुन् ।

आन्तरिक राजश्व कार्यालय लहानले गोयन्का मालिक रहेको शारडा डिस्टिलरीमा शिलबन्दी गरेर अनुसन्धान थालेपछि गोयन्का सम्पर्कविहीन भएका हुन् । राजस्व कार्यालय स्रोतका अनुसार पक्राउ परेर जेल जाने डरले गोयन्का बिना सूचना अनुसन्धान चलिरहेकै बेला सम्पर्कविहीन भएका छन् । उनी भारत गएको बुझिएको छ ।

राजस्व विभागको एउटा स्टिकरलाई दुई टुक्रा पारेर प्रयोग गरी राजस्व छली गरेको पाइएपछि आन्तरिक राजस्व कार्यालय लहानले कम्पनीको उद्योग र गोदाममा शिलबन्दी गरेर थप अनुसन्धान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी