काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ फागुन २५ गते शुक्रबार बाँडफाँट हुने भएको हो ।
उक्त सेयरमा कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयरका लागि आवेदन दिएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । सो आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । तर, कम्पनीको सेयर जम्मा ५५ हजार पाँच सय २१ जनाले पाउने क्यापिटलले जनाएको छ ।
लगानीकर्तालाई गोलाप्रथामार्फत् न्युनतम ५० कित्ताका दरले सेयर बाँडफाँट हुनेछ ।
कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्काशन गरेको थियो ।