×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, ५५ हजार ५२१ जनाले पाए सेयर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, ५५ हजार ५२१ जनाले पाए सेयर

Artha Sarokar

२५ फाल्गुन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे आईपीओ बाँडफाँट भएको हो।

उक्त आइपीओमा गोलाप्रथामार्फत ५५ हजार ५२१ जनाले सेयर हात पारेका छन् ।  जसमध्ये २६ जनाले ५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्काशन गरेको थियो । उक्त सेयरमा कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयरका लागि आवेदन दिएका थिए ।

लगानीकर्ताले सर्वोत्तम सिमेन्टको वेबसाइट र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटबाट आइपीओ नतिजा हेर्न सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी