Skip to content
LAXMI SUNRISE BANK

सर्वोत्तम सिमेन्टको सेयरमा लगातार पोजेटिभ सर्किट

अर्थ सरोकार

काठमाडौँ । सर्वोत्तम सिमेन्टको सेयरमा लगातार तेस्रो दिन पनि सर्किट लागेको छ । चैत ६ गतेदेखि नेप्सेमा कारोबार सुरु भएको कम्पनीको सेयरमा ८ गते (बिहीबार) पनि सर्किट लागेको हो ।

बुक बिल्डिङ विधिबाट प्राथमिक सेयर (आईपीओ) बिक्री गरेको कम्पनीको सेयरमा कारोबार सुरु भएको दिनदेखि नै सर्किट लाग्दै आएको छ । बुधबार पनि सर्किट लागेको सर्वोत्तम सिमेन्टको सेयर मूल्य प्रतिकित्ता ७३९.९० रुपैयाँ पुगेको छ ।

सर्वोत्तम सिमेन्टको सुरुवाती कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा भएको थियो । सूचीकृत भएर कारोबारमा आएको पहिलो दिनमै कम्पनीको सेयरमा १० प्रतिशतले सर्किट लागेको थियो । बुधबार ९.९९ प्रतिशत र आज (बिहीबार) समेत ९.९९ प्रतिशतको सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK