×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सत्ताको रस्साकस्सीः नयाँ गठबन्धनप्रति नेकपा एस सकरात्मक !

अर्थ सरोकार

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार

PRIME CA

सत्ताको रस्साकस्सीः नयाँ गठबन्धनप्रति नेकपा एस सकरात्मक !

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको छ । मंगलवार राति नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमाले अध्यक्षसहितको बैठकका क्रममा सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको बताइएको हो ।

बैठकमा उपस्थित नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरुले नेपाललाई सत्ता गठबन्धनमा आउन आग्रह गरेको र नेपाल सकारात्मक रहेको बताएका छन् । उनले यद्यपी नेकपा (एकीकृत समाजवादी)को बुधवारको बैठकबाट टुंगो गर्ने बताइएको पनि स्पष्ट पारेका छन् ।

‘हामीले उहाँलाई अनुरोध गरेका छौँ । भोलि बैठक बसेर जवाफ दिने भन्नुभएको छ ।’, पोखरेलले भने, ‘जे होस्, सत्ताको नयाँ समिकरणमा सहभागी हुन नेकपा एस सकारात्मक छ ।’ बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले आफू नेपाललाई स्वास्थ्यलाभको कामना गर्न आएको बताएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: