×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोर्डको अध्यक्ष बन्न ४ जनाको आवेदन, कसको सम्भावना कति ?

PRIME CA

बोर्डको अध्यक्ष बन्न ४ जनाको आवेदन, कसको सम्भावना कति ?

अर्थ सरोकार

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि चार जनाले आवेदन दिएका छन् । तत्कालीन अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएपछि रिक्त रहेको बोर्डको अध्यक्ष पदका लागि चार जनाले आवेदन दिएका हुन् । सरकारले आह्वान गरेको आवेदनको समय फागुन ३० गते (आज)सम्म रहेको छ । र हालसम्म बोर्डको अध्यक्ष बन्न ४ जनाले दरखास्त आवेदन दिएका छन् ।

स्रोतले दिएको जानकारी अनुसार बोर्डको अध्यक्ष बोर्डका कार्यकारी निर्देशक डा.नबराज अधिकारी र कृष्ण पोखरेलले आवेदन दिएका छन् ।

त्यस्तै, बोर्डको अध्यक्षका लागि चिरञ्जीवी चापागाईंले पनि आवेदन दिएका छन् । उनी बीमा समिति (हालको बीमा प्राधिकरण)का निवर्तमान अध्यक्ष हुन् । उनीसंगै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का सीईओ कृष्ण कार्कीले पनि बोर्डको अध्यक्षका लागि आवेदन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड निकट भएकाले पनि बोर्डको अध्यक्षमा चिरञ्जीवी चापागाईंको सम्भावनालाई अलि मजबुत रुपमा हेरिएको छ । यता बोर्डकै वरिष्ठ कार्यकारी निर्देशक डा.अधिकारी र काँग्रेस निटक पोखरेलले पनि बोर्डको अध्यक्ष बन्न लबिङ सुरु गरिसकेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: