×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसईई परीक्षा सुरुः ५ लाख विद्यार्थीले परीक्षा दिँदै…(फोटो-कथा)

PRIME CA

एसईई परीक्षा सुरुः ५ लाख विद्यार्थीले परीक्षा दिँदै…(फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार

काठमाडौँ । चैत १५ गते (बिहीबार)देखि माध्यामिक शिक्षा (एसईई) परीक्षा सुरु भएको छ । बिहीवार बिहान ८ बजेदेखि देशभर एसईई शुरु भएको हो ।

काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयमाहरु एसईई दिन विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको छ । ८ बजेदेखि शुरु भएको परीक्षा बिहान ११ बजेसम्म ३ घण्टा सञ्चलन हुनेछ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा रहेको छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी देशभरबाट कुल ५ लाख ४ हजार ४ सय १४ जना परीक्षार्थी सहभागी भएका छन् ।

जसमध्ये २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैङ्गिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा चैत्र २७ गतेसम्म सञ्चालन हुनेछ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: