काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरुद्वारा देशव्यापी रुपमा ग्लोबल मनी विकको अवसरमा ‘आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं’ भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गर्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम संचालन गरेको छ ।
बैंकका पोखरा, बुटवल, इटहरी, काठमाडौं, नारायणगढ क्षेत्र लगायतका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले सो कार्यक्रममा सहभागीता जनाएका थिए । मिति २०२४/०३/१८ देखि सुरु भएको साताव्यापी कार्यक्रम २०२४/०३/२४ सम्म वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम मार्फत वित्तीय चेतना फैलाउने कार्यक्रम निरन्तर रुपमा संचालनमा रहने छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्