काठमाडौं । आचार्य बन्धु समाज नेपाल चितवन जिल्लाको अध्यक्षमा शंकर प्रसाद आचार्य चयन भएका छन् । राप्ती नगरपालीका वडा नम्बर ४ डडुवा निवासी समाजसेवी आचार्यलाई आचार्य बन्धु समाज नेपालले चितवन जिल्ला अध्यक्षमा चयन गरेको हो ।
काठमाडौंपछि बागमती प्रदेशको महत्वपुर्ण जिल्लाको रुपमा रहेको चितवनमा ७७ वटै जिल्लाबाट आई बसोबास गर्ने कौडिन्य गोत्रीय आचार्यहरु रहेको अध्यक्ष शंकर आचार्यले बताए । बिहीबार केन्द्रीय कार्यालय काठमाडौंमा केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले शंकर प्रसाद आचार्यलाई चितवन जिल्लाको सभापतिमा चयन गरेको पत्र हस्तान्तरण गरेका हुन् ।
उनले छिट्टै नै चितवनको कुनै स्थानमा कौडिन्य गोत्रीय आचार्यहरुको भेला गरी जिल्ला समितिलाई समाजेले दिएको समयभित्रै पूर्णता दिने बताए । त्यस्तै, उनले २५ हजार १५१ रुपैयाँको समाजको नाममा काटिएको अकाउण्ट पे चेक केन्द्रिय प्रवक्ता रामहरी आचार्यलाई हस्तान्तरण गरी समाजको बिशिष्ट सदस्यसमेत बनेका छन् ।
विश्वभरका आचार्यहरुलाई समाजमा जोडिएर समाजलाई विश्वस्तरको राम्रो संस्था बनाउन सहयोग गर्न उनले आह्वानसमेत गरेका छन् ।
समाजले उनलाई तीन महिनाभित्र अधिवेशन गरी कार्यसमितिलाई पूर्णता दिन म्याण्डेट दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्