काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१५ कम्पनीको एक करोड ८५ लाख ५२ हजार ७ सय ५ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार माछापुच्छ्रे बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको एक अर्व २१ करोड ३२ लाख ८१ हजार बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा सर्वोत्तम सिमेन्ट, किसान लघुवित्त वित्तिय संस्था, कर्णाली डेभलपमेन्ट बैंक, उन्नती सहकार्य लघुवित्त र नेपाल फाइनान्सका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार माछापुच्छ्रे बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको एक अर्व २१ करोड ३२ लाख ८१ हजार बराबरको सेयर कारोबार भएको छ । यस अलावा गुर्खाज फाइनान्स, शिवम् सिमेन्ट, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, हिमालयन रिइन्स्योरेन्स र नेपाल फाइनान्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । बुद्धभूमि नेपाल हाइड्रोपावरमा यस्तो गिरावट आउँदा गुर्खाज फाइनान्स, बोटलर्स नेपाल बालाजु लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था र लक्ष्मी लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्