×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिङ्गापुरमा कर्मचारी अवकाश उमेर ६४ वर्ष पुर्याइँदै !

PRIME CA

सिङ्गापुरमा कर्मचारी अवकाश उमेर ६४ वर्ष पुर्याइँदै !

२२ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सिङ्गापुरले कर्मचारी अवकाशको उमेर बढाउने भएको छ । सन् २०२६ मा सिङ्गापुरले सेवानिवृत्ति (अवकाश)को उमेर ६३ बाट बढाएर ६४ वर्ष पुर्याउने भएको हो ।

कर्मचारीको अवकाश उमेर बढाउने विषयमा सिङ्गापुरका जनशक्ति मन्त्रि तान सी लेङले संसदमै घोषणा गरेका छन् । उनले पुनः अवकाशको उमेर भने ६८ बाट ६९ वर्षमा पुर्याउने पनि घोषणा गरेका छन् ।

सन् २०२३ जुनसम्म सिङ्गापुरका लगभग २० प्रतिशत नागरिक ६५ वर्ष वा सोभन्दा माथिका थिए । गतवर्ष सिङ्गापुरको कुल प्रजनन् दर इतिहासमै पहिलो पटक १ अंकभन्दा तल ०.९४ मा झरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: