×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रास्वपाबाट सुमना श्रेष्ठ शिक्षामन्त्री बन्दै !

LAXMI SUNRISE BANK

रास्वपाबाट सुमना श्रेष्ठ शिक्षामन्त्री बन्दै !

२३ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुमना श्रेष्ठ मन्त्री बन्ने भएकी छिन् । मन्त्रालय भागबण्डाका लागि बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सुमनालाई शिक्षा मन्त्री बनाउने निर्णय गरेको हो ।

स्रोतका अनुसार नयाँ सत्ता समिकरणमा रास्वपाले गृह मन्त्रालयसहित ४ वटा मन्त्रालय पाएको छ । बैठकले गृहमन्त्री पार्टी सभापति रवि लामिछानेलाई दिने यसअघि नै टुँगो लगाइसकेको छ ।

त्यस्तै, सत्ता गठबन्धनको बैठकले रास्वपाबाट बिराजभक्त श्रेष्ठलाई खेलकुद मन्त्री र डोलप्रसाद अर्याल (डिपी अर्याल)लाई श्रममन्त्री बनाउने टुँगो लागेको छ । डिपी अर्यालले यसअघि नै बिना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरिसकेका छन् । अन्य मन्त्रीहरुको भने आज (बुधबार) शपथ ग्रहण हुने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी