Skip to content
LAXMI SUNRISE BANK

सनलाइफ क्यापिटलद्वारा विश्व वित्तीय सप्ताहको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले चैत्र ७ र ८ गते क्रमश चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुर र श्री मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाडौंमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

२०८० चैत्र ७ गते श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराईएको थियो। साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, इन्टरनेट लगायत अन्य सामाजिक संजालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे विस्तृत जानकारी गराएको इन्स्योरेन्सले जनाएको छ ।

त्यसैगरी चैत्र ८ गते श्री मल्पि इन्टरनेस्नल कलेज चक्रपथ, काठमाडौँमा बीबीए ८औं सेमेष्टरका विद्यार्थीहरुलाई बिमा क्षेत्र सम्बन्धि साक्षरता अभिवृद्धि गर्ने साक्षरता कार्यक्रम र वित्तीय बजार, धितोपत्र बजारमा केन्द्रित हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK