×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन तस्करी प्रकरणः जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सुन तस्करी प्रकरणः जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

Artha Sarokar

२ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ । उपप्रधानमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । उनले प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन निर्देशित दिएका छन् ।

प्रधानमन्त्री दाहालको निर्देशनपछि उपप्रधानमन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी