काठमाडौं। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड लामाचौर स्टेशनको अर्ध वार्षिक समिक्षा तथा अन्तरक्रिया गोष्ठी पोखरामा सम्पन्न भएको छ । संस्थाको लामाचौर स्टेशन अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा गोष्ठि सकिएको हो।
लमजुङ, तनहुँ, कास्की, पर्बत, बाग्लुङ, म्याग्दि र मुस्ताङ गरी जम्मा ०७ जिल्लाका १० वटा शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कार्यक्रम सकिएको लामाचौर स्टेशन अन्तर्गत शाखा कार्यालय करापुटारका शाखा प्रमुख देबेन्द्र लम्सालले जानकारी दिए । उनले संस्थाको विभिन्न १५ वटा स्टेशन कार्यालयहरुको अर्ध बार्षिक समिक्षा तथा अन्तरक्रिया गोष्ठी गर्ने योजना अनुसार पोखरामा कार्यक्रम गरिएको बताए ।
लामाचौर स्टेशन कार्यालयका अनुगमन अधिकृत मेख बहादुर आलेले सहजीकरण गरेको कार्यक्रममा संस्थाका संचालक अनन्त कुमार श्रेष्ठ , मानब संसाधन विभागका विभागीय प्रमुख रबिन्द्र तिमल्सीना, कर्जा तथा बचत परिचालन विभागको विभागीय प्रमुख निरा अधिकारी, सामान्य सेवा विभाग प्रमुख सुर्य प्रसाद पौडेल, योजना तालिम तथा सदस्य सुरक्षण विभाग प्रमुख गोपाल पौडेल, जोखिम विभाग अन्तरगत स्याङ्जा स्टेशनका बिकास आचार्य लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको उदघाटन सत्रमा बोल्दै संस्थाका संचालक अनन्त कुमार श्रेष्ठले सदस्यहरुको जीवन स्तर उकास्नको लागि विभिन्न उत्पादनमुखि तालिम ,वित्तीय साक्षरता लगाएतका सदस्य मैत्री तालिमहरु संचालन गर्न शाखा प्रमुखहरूलाई सुझाव दिईएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्