Skip to content
LAXMI SUNRISE BANK

सूर्योदय वोमी लघुवित्त १३औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम गरी मनायो वार्षिकउत्सव

अर्थ सरोकार

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ वर्ष पुरा गरी १३ वर्षमा प्रवेश गरेको छ । लघुवित्तले स्याङजाको पुतलिबजार नगरपालिका ३ गुडीखोला सहयात्री पार्टी प्यालेसमा १३औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकउत्सव कार्यक्रम मनाएको हो।

५५ जिल्लामा १९२ शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको वित्तीय संस्थाले सर्लाहीको हरिवन, चितवनको भरतपुर, पश्चिम नवलपरासीको सुनवल र स्याङजाको पुतलीबजार गरी देशका चार ठाउँमा वार्षिकोत्सवको अवसरमा रक्तदान लगाएतका कार्यक्रम आयोजना गरेको हो। संस्थाले नेपाल रेडक्रस सोसाइटी स्याङजा शाखाको समन्वयमा रक्तदान कार्यक्रम गरेको थियो। कार्यक्रममा ३६ जना रक्तदाताले रक्तदान गरेका थिए ।

त्यस्तै, लघुवित्तले अमरसेवा समाजद्वारा सञ्चालित बाल गृहका बालबालिकाहरुका लागी खाद्य तथा सरसफाई सामाग्री र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुका लागी फेस मास्क सहयोग गरेको थियो ।

वार्षिकउत्सवको अवसरमा संस्थामा अनवरत १० वर्ष सम्म सेवा गरेका ५ जना कर्मचारीहरुलाई सम्मान समेत गरेको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK