×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजस्व दोब्बर बनाउन अर्थमन्त्री वर्षमान पुनको निर्देशन

PRIME CA

राजस्व दोब्बर बनाउन अर्थमन्त्री वर्षमान पुनको निर्देशन

९ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको राजस्व दोब्बर बनाउन निर्देशन दिएका छन् । उनले राजस्व संकलन कार्यमा तदारुकता देखाउन र चालु आर्थिक वर्षको राजस्व दोब्बर बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन् । उनले राजस्व वृद्धिका लागि भन्सारको चुहावट रोक्ने कार्ययोजनासोम तयार पारेको बताएका छन् ।

भन्सार नाकामा विविभ समस्याहरु रहेको स्वीकार गर्दै अर्थमन्त्री पुनले भन्सार बिन्दुमा नै सुधार ल्याउने गरी काम गरिरहेको पनि बताएका छन् । उनले सबैले अर्को महिनादेखि भन्सारमा सुधार भएको महशुस गर्ने अवस्था आउने दाबी गरे । अर्थमन्त्री पुनले आन्तरिक राजश्व संकलनमा पनि सुधार र परिवर्तन ल्याउने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै, चालु आर्थिक वर्षमा सरकारको ४० प्रतिशत भन्दा बढी राजश्व वृद्धिको लक्ष्य भए पनि ९ प्रतिशतको हाराहारीमा मात्रै वृद्धि देखिएको अर्थमन्त्री पुनले बताएका छन् । उनले नेपाल दुई ठूला अर्थतन्त्र भएका देशको बीचमा रहेकाले करिव १७ सय किलोमिटर खुला बोर्डर रहेकाले पनि भन्सारमा समस्या आइरहेको धारण उल्लेख गरेका छन् ।

अर्थमन्त्री पुनले सरकारको संरक्षण कम भएपनि कृषिलाई सरकारले संरक्षण गर्नुपर्ने देखिएको पनि जिकिर गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: