काठमाडौँ । वैदेशिक रोजगारीमा दुबई पठाइदिन्छु रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आकर्षक तलबमा दुबईमा जागिर लगाईदिने भन्दै दुई लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले बिष्णुबहादुर भण्डारीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका भण्डारी तनहुँको बन्दीपुर नगरपालिका-५ का बासिन्दा हुन् । हाल उनी काठमाडौंको मैतीदेवी बस्दै आएका थिए । उनले राजकुमार कुमालबाट वैदेशिक रोजगारीको लागि दुबई पठाइदिने, र मासिक ७० हजार रुपैयाँ तलब दिलाइ दिने भन्दै पटक-पटक गरी दुई लाख ५० हजार रुपैयाँ लिएका थिए ।
त्यसपछि फरार भएका भण्डारीविरुद्ध कुमालले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । हाल पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान तथा कार्वाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्