Skip to content
LAXMI SUNRISE BANK

भारतीय पर्यटकले बोक्न पाउने नगद रकमको दायरा बढाउन माग

अर्थ सरोकार

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले भारतीय पर्यटक आउँदा साथमा ल्याउन पाउने रकमको दायरा बढाउनुपर्ने बताएका छन् । बिहीबार समितिको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघसँग पर्यटन तथा हवाई उड्डयन सम्बन्धी विषयमा छलफल बोल्दै उनले बाहिर आउनेले जति खर्च गर्छन् त्यो नेपालकै हितमा हुने भन्दै रकमको दायरा बढाउन पहल गर्नुपर्ने बताएका हुन् ।

‘नेपाल सरकारले त्यसमा आपत्ति जनाउनुपर्ने कुनै कारण नै छैन । बाहिरबाट आउने मानिसले जति खर्च गर्छन् त्यो त नेपालको फाइदा कै कुरा हो ।’, उनले भने, ‘के कारणले यो तोकियो हामी सबैले समन्वय गरेर जसरी हुन्छ हामीले यो सीमिततालाई बढाउनुपर्छ ।’

समितिको अर्को बैठकमा सम्बद्ध मन्त्रीहरुसँग यस विषयमा छलफल गरी निष्कर्षमा पुर्याउने जानकारी उनले दिएका छन् । ‘अर्को बैठकमा अर्थ, पर्यटन, कानुन तीन वटै मन्त्रीसँग यिनै विषयमा आधारित रहनेगरी छलफल अगाडि बढाउने प्रयास गर्छाैं ।’, उनले भने ।

सरकारी नियमअनुसार हाल एक जना भारतीय पर्यटकले भारु २५ हजार मात्र नगद साथमा ल्याउन पाउने व्यवस्था छ । रकम बोक्न पाइने दायरा सीमित भएका कारण नेपाल आएका भारतीय पर्यटकले चाहेर पनि त्यो भन्दा बढी खर्च गर्न पाउँदैनन् । बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले तयारी अवस्थामा रहेका दुई अन्तर्राष्ट्रियस्तरका एयरपोर्ट सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय उडान हुनेगरि पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन सके पर्यटक धेरै भित्रिने सम्भावना रहेको भन्दै उनले यसमा जति सक्दो चाँडो पहल गर्नुपर्ने बताए ।

‘हाम्रा दुई वटा एयरपोर्टहरु तयारी अवस्थामा छन्, तिनीहरु सञ्चालनमा भने आउन सकेका छैन्न ।’, उनले भने, ‘त्यसैले हाम्रो आग्रह छ भने त्यसलाई जति सक्दो चाँडो सञ्चालनमा ल्याउन पर्छ । जति चाँडो यी दुई एयरपोर्टहरुको अपरेसन गर्न सक्यो वास्तवमा पर्यटकको धेरै सम्भावना छ ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK