×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेको भागमा ८ मन्त्रालय, को-को बन्दैछन् मन्त्री ?

अर्थ सरोकार

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार

PRIME CA

एमालेको भागमा ८ मन्त्रालय, को-को बन्दैछन् मन्त्री ?

काठमाडौँ । बर्तमान सरकारमा नेकपा एमालेले ८ मन्त्रालय पाउने भएको छ । नयाँ सत्ता समिकरणमा मन्त्रालय भागण्डाका क्रममा एमालेको भागमा ८ मन्त्रालय परेको हो । योसँगै एमालेले मन्त्रीहरुको नाम टुँगो लगाइसकेको छ ।

एमालेका एक नेताका अनुसार उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री बन्ने रघुवीर महासेठले सरकारमा पार्टीको नेतृत्व गर्नेछन् ।

त्यस्तै, एमालेले दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह, बलराम अधिकारी र पदम गिरीलाई मन्त्री बनाउने भएको छ । जसमध्ये पदम गिरीले यसअघि नै बिना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरिसकेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: