×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किवि र आभोकाडोको मूल्य बढ्यो, मंगलबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

किवि र आभोकाडोको मूल्य बढ्यो, मंगलबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ

Artha Sarokar

२२ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार किवी र आभोकाडोको मूल्य बढेको छ । किवि र आभोकाडोको मूल्य न्युनतम प्रतिकेजी ५०० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) ३०, तराईको सानो गोलभेडा २८ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३२ रुपैयाँ, भारतीय रातो आलु ३४ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, तराईको गाजर २५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, बन्दा (नरिवल) २५, स्थानीय काउली ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, रातो मुला ५० रुपैयाँ, सेतो मुला लोकल २५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) ३० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, भन्टा डल्लो ६०, मटरकोशा ८० रुपैयाँ, लोकल घ्यु सिमि १५०, घ्यु सिमि हाइब्रिड १४०, घ्यु सिमि राजमा १२०, टाटे सिमि १०० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १२०, लौका ६०, परवर २८०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ५०, हरियो फर्सी (डल्लो) ५०, सलगम ७०, भिण्डी १००, सखरखण्ड ५५, बरेला ६०, पिडालु ८०, स्कुस ४० रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ९० रुपैयाँ, चम्सुरको साग ९० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ मेथीको साग ९० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ७०, बकुला ६०, तरुल ७०, कन्य च्याउ १००, डल्ले च्याउ ३००, कुरिलो १०००, न्युरो ७०, ब्रोकाउली ५०, चुकन्दर ६०, रातो बन्दा ५०, जिरीको साग ६०, ग्याठ कोबी ५०, सेलेरी ९०, पार्सले १८०, सौफको साग ९०, पुदिना २५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २००, हरियो खुर्सानी ११०, सुकेको खुर्सानी ४००, खुर्सानी हरियो ९बुलेट० १००, खुर्सानी हरियो ९माछे० ८०, अकबरे खुर्सानी २८०, भेडे खुर्सानी ९०, हरियो लसुन १३०, हरियो धनिया ६०, चाइनिज सुकेको लसुन २२०, छ्यापी हरियो १२०, रुख टमाटर १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, झोले स्याउ २००, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती २२०, अनार २८०, हरियो अंगुर १२०, कालो अंगुर १८०, नेपाली सुन्तला १६०, भारतीय सुन्तला ९०, हरियो तर्बुजा ५०, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १४०, लोकल काक्रो ११०, हाइब्रिड काक्रो ७०, रुख कटहर १००, निबुवा ५०, चाइनीज नासपाती २२०, नेपाली मेवा ७०, भारतीय मेवा ७०, अम्बा १५०, लप्सी १३०, उखु ८० प्रति गोटा, किनु ९०, अमला ८० र स्ट्रबेरी २००, किवी ५००, आभोकाडो ५०० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी