×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुरिलोको मूल्य घट्यो, शुक्रबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

PRIME CA
GLOBAL IME BANK

कुरिलोको मूल्य घट्यो, शुक्रबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

२५ फाल्गुन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कुरिलोको मूल्य घटेको छ । बिहीबार ८०० रुपैयाँमा किनबेच भईरहेको कुरिलो आज २०० रुपैयाँले घटेर प्रतिकेजी न्युनतम ६०० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) ३०, तराईको सानो गोलभेडा ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३० रुपैयाँ, भारतीय रातो आलु ३४ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ७२ रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, तराईको गाजर २५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, बन्दा (नरिवल) २२, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, काउली तराई २०, रातो मुला ५० रुपैयाँ, सेतो मुला लोकल २५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) ३० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ, भन्टा डल्लो ५०, मटरकोशा ७० रुपैयाँ, लोकल घ्यु सिमि १३०, घ्यु सिमि हाइब्रिड १३०, घ्यु सिमि राजमा ११०, टाटे सिमि ७० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १३०, लौका ५०, परवर २८०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ४०, हरियो फर्सी (डल्लो) ५०, सलगम ७०, भिण्डी ११०, सखरखण्ड ६०, बरेला ५०, पिडालु ९०, स्कुस ३५ रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ७० रुपैयाँ, चम्सुरको साग ७० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ मेथीको साग ७० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ६०, बकुला ६०, तरुल ८०, कन्य च्याउ १००, डल्ले च्याउ २८०, कुरिलो ६००, न्युरो ८०, ब्रोकाउली ४०, चुकन्दर ६०, सजीवन १५०, रातो बन्दा ५०, जिरीको साग ६०, ग्याठ कोबी ६०, सेलेरी ९०, पार्सले १८०, सौफको साग ७०, पुदिना २५०, गान्टे मुला ७०, इमली १४०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २००, हरियो खुर्सानी १००, सुकेको खुर्सानी ४००, खुर्सानी हरियो (बुलेट) १००, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी ११०, हरियो लसुन ९०, हरियो धनिया ४०, चाइनिज सुकेको लसुन २००, नेपाली सुकेको लसुन १९०, छ्यापी हरियो ९०, रुख टमाटर १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, झोले स्याउ २००, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती २२०, अनार २८०, हरियो अंगुर १२०, कालो अंगुर २००, भारतीय सुन्तला ९०, हरियो तर्बुजा ५०, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो १३०, हाइब्रिड काक्रो ६०, रुख कटहर ९०, निबुवा ५०, चाइनीज नासपाती २२०, नेपाली मेवा ७०, भारतीय मेवा ७०, अम्बा २००, लप्सी १५०, किनु ९०, अमला ८० र स्ट्रबेरी २००, किवी ४५०, आभोकाडो ४५० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: