×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ… (मूल्यसूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आइतबार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ… (मूल्यसूचीसहित)

Artha Sarokar

४ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ५०, तराईको सानो गोलभेडा ४५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३६ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ७२ रुपैयाँ, तराईको गाजर २५ रुपैयाँ, लोकल बन्दा २२ रुपैयाँ, बन्दा नरिवल २० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, रातो मुला ५० रुपैयाँ, सेतो मुला (हाइब्रीड) ३० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ७०, तने बोडी १९०, मटरकोशा ७० रुपैयाँ, लोकल घ्यु सिमि ७०, हाइब्रिड घ्यु सिमि ७०, घ्यु सिमि राजमा १००, टाटे सिमि १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १४०, लौका ६०, परवर १४०, घिरौला ८०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ५०, सलगम ७०, भिण्डी ११०, सखरखण्ड ६०, बरेला ५०, स्कुस ४०, पिडालु ११० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ६० रुपैयाँ, चम्सुरको साग ६० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ मेथीको साग ६० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ५०, बकुला ४०, तरुल ८०, कन्य च्याउ १२०, डल्ले च्याउ २४०, न्युरो ८०, ब्रोकाउली ४०, चुकन्दर ६०, सजीवन १४०, कोइरालो ३५०, रातो बन्दा ४०, जिरीको साग ६०, ग्याठ कोबी ६०, सेलेरी ९०, पार्सले १८०, सौफको साग ६०, गान्टे मुला ७०, पुदिना १८०, इमली १४०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा १९०, हरियो खुर्सानी १४०, सुकेको खुर्सानी ४२०, खुर्सानी हरियो (बुलेट) १४०, खुर्सानी हरियो (माछे) १००, भेडे खुर्सानी १४०, हरियो लसुन ९०, हरियो धनिया ३०, चाइनिज सुकेको लसुन २२०, नेपाली सुकेको लसुन १९०, छ्यापी हरियो १००, रुख टमाटर १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, झोले स्याउ २२०, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती २४०, अनार २८०, हरियो अंगुर १३०, कालो अंगुर २२०, भारतीय सुन्तला ९०, हरियो तर्बुजा ४५, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो १२०, हाइब्रिड काक्रो ५०, रुख कटहर १००, चाइनिज नासपाती २२०, निबुवा ५०, नेपाली मेवा ७०, भारतीय मेवा ८०, अम्बा २२०, लप्सी १४०, किनु ९०, अमला ८० र स्ट्रबेरी २५०, आभोकाडो ५०० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी