काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज गुन्द्रुकको मूल्य बढेको छ । गुन्द्रुकको मूल्य ५० रुपैयाँले बढेर प्रतिकेजी न्युनतम ३०० रुपैयाँमा किनबेच भईरहेको छ ।
भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा ६० रुपैयाँ, सानो गोलभेडा (टनेल) ७० रुपैयाँ, भारतीय सानो गोलभेडा ८० रुपैयाँ र सानो गोलभेडा तराई ७० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ७२ रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, बन्दा नरिवल २० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ६० रुपैयाँ, रातो मुला ५० रुपैयाँ, सेतो मुला (हाइब्रीड) ५० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, भन्टा डल्लो ६०, तने बोडी १६०, मटरकोशा ६० रुपैयाँ, लोकल घ्यु सिमि ५०, हाइब्रिड घ्यु सिमि ५०, घ्यु सिमि राजमा १००, टाटे सिमि ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला १००, लौका ५०, परवर १००, घिरौला ७०, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, सलगम ७०, भिण्डी ७०, सखरखण्ड ६०, बरेला ५०, स्कुस ४० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ५० रुपैयाँ, पालुंगो ८० रुपैयाँ, चम्सुरको साग ८० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ मेथीको साग ८० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ५०, बकुला ५०, तरुल ७०, कन्य च्याउ १४०, डल्ले च्याउ २८०, कुरिलो ७००, न्युरो ७०, ब्रोकाउली ४०, चुकन्दर ६०, सजीवन ११०, रातो बन्दा ५०, जिरीको साग ६०, ग्याठ कोबी ६०, सेलेरी ९०, पार्सले १५०, सौफको साग ८०, गान्टे मुला ७०, पुदिना १५०, इमली १४०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २००, हरियो खुर्सानी ९०, सुकेको खुर्सानी ४३०, खुर्सानी हरियो ९बुलेट० १२०, खुर्सानी हरियो ९माछे० ११०, भेडे खुर्सानी १५०, हरियो लसुन ९० , हरियो धनिया ४०, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन १८०, छ्यापी हरियो १००, रुख टमाटर १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, झोले स्याउ २२०, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २५०, अनार २८०, हरियो अंगुर १२०, कालो अंगुर २००, भारतीय सुन्तला १००, हरियो तर्बुजा ४५, मौसम १३०, जुनार २५०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ५०, रुख कटहर ८०, चाइनिज नासपाती २००, निबुवा ५०, नेपाली मेवा ७०, भारतीय मेवा ९०, अम्बा २००, लप्सी २००, किनु ९०, स्ट्रबेरी २५०, किवी ४००, अमला ९० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्