×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ (मूल्यसूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सोमबार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ (मूल्यसूचीसहित)

Artha Sarokar

१२ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको छ ।

भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा ५० रुपैयाँ, सानो गोलभेडा (टनेल) ७० रुपैयाँ, भारतीय सानो गोलभेडा ६० रुपैयाँ र सानो गोलभेडा तराई ६० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४२ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ७० रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, बन्दा नरिवल २५ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, रातो मुला ६० रुपैयाँ, सेतो मुला (हाइब्रीड) ४० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी १४०, मटरकोशा ६० रुपैयाँ, लोकल घ्यु सिमि ३०, हाइब्रिड घ्यु सिमि ३०, घ्यु सिमि राजमा ८०, टाटे सिमि ५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ९०, लौका ५०, परवर तराई १००, घिरौला ७०, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ४०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ६०, बरेला ५०, स्कुस ४० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ५० रुपैयाँ, पालुंगो ९० रुपैयाँ, चम्सुरको साग ९० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ मेथीको साग ९० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ५०, बकुला ५०, तरुल ७०, कन्य च्याउ ८०, डल्ले च्याउ २२०, कुरिलो ५५०, न्युरो ८०, ब्रोकाउली ४०, चुकन्दर ५०, सजीवन ११०, कोइरालो १५०, रातो बन्दा ५०, जिरीको साग ५०, ग्याठ कोबी ५०, सेलेरी ९०, पार्सले १५०, सौफको साग ९०, गान्टे मुला ७०, पुदिना १५०, इमली १४०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २२०, हरियो खुर्सानी १६०, सुकेको खुर्सानी ४४०, खुर्सानी हरियो (बुलेट) १८०, भेडे खुर्सानी १५०, हरियो लसुन ९० , हरियो धनिया ५०, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन १८०, छ्यापी हरियो १००, रुख टमाटर १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, झोले स्याउ २२०, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २५०, अनार २८०, हरियो अंगुर १३०, कालो अंगुर २००, भारतीय सुन्तला १००, हरियो तर्बुजा ४५, मौसम १४०, जुनार २५०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ८०, हाइब्रिड काक्रो ५०, रुख कटहर ६०, चाइनिज नासपाती २००, नेपाली मेवा ७०, भारतीय मेवा ८०, अम्बा २००, लप्सी २००, किनु ९०, स्ट्रबेरी २५०, किवी ४००, अमला ९० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी