×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

च्याउको मूल्य घट्यो, बिहीबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

च्याउको मूल्य घट्यो, बिहीबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

Artha Sarokar

१५ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज डल्ले च्याउको मूल्य घटेको छ । च्याउको मूल्य ६० रुपैयाँले घटेर प्रतिकेजी न्युनतम २२० रुपैयाँमा किनबेच भईरहेको छ ।

भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ७० रुपैयाँ, भारतीय सानो गोलभेडा ६० रुपैयाँ र सानो गोलभेडा तराई ५० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४४ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ७० रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, बन्दा नरिवल २० रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ३० रुपैयाँ, रातो मुला ६० रुपैयाँ, लोकल सेतो मुला ३०, सेतो मुला (हाइब्रीड) ३० रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ९०, मटरकोशा ६० रुपैयाँ, लोकल घ्यु सिमि २०, हाइब्रिड घ्यु सिमि २०, घ्यु सिमि राजमा १००, टाटे सिमि ३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १२०, लौका ५०, परवर लोकल ८० रुपैयाँ, परवर तराई ८०, घिरौला ७०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, सलगम ७०, भिण्डी १००, सखरखण्ड ४०, बरेला ५०, स्कुस ४० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ८० रुपैयाँ, चम्सुरको साग ८० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ मेथीको साग ८० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ४०, बकुला ५०, तरुल ७०, कन्य च्याउ ८०, डल्ले च्याउ २२०, कुरिलो ५००, न्युरो ७०, ब्रोकाउली ४०, चुकन्दर ५०, सजीवन १००, कोइरालो १५०, रातो बन्दा ५०, जिरीको साग ५०, ग्याठ कोबी ६०, सेलेरी ९०, पार्सले १५०, सौफको साग ९०, पुदिना १५०, गान्टे मुला ७०, इमली १४०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४३०, हरियो खुर्सानी १५०, खुर्सानी हरियो ९बुलेट० १५०, भेडे खुर्सानी १६०, हरियो लसुन १२०, हरियो धनिया ५०, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन १६०, छ्यापी हरियो ९०, रुख टमाटर १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, झोले स्याउ २२०, फुजी स्याउ ३००, केरा ९दर्जन० १३०, कागती २४०, अनार २८०, हरियो अंगुर १४०, कालो अंगुर २२०, भारतीय सुन्तला १२०, हरियो तर्बुजा ४५, मौसम १४०, जुनार २५०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ५०, चाइनिज नासपाती २००, नेपाली मेवा ७०, भारतीय मेवा ८०, किनु १००, स्ट्रबेरी २५०, किवी ४००, अमला ८० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी